रास्वपा सभापति एवं सांसद रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाली भूमि गुन्जी भ्रमणबारे सरकारको जवाफ माग गरेका छन्।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाली भूमि गुन्जी भ्रमणका सम्बन्धमा सरकारको जवाफ माग गरेका छन्।
बिहीबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले भारतीय प्रधानमन्त्री मोदीले नेपाली भूमि गुन्जीको भ्रमण गरेको भन्दै यसको सम्बन्धमा सरकारले संसद्लाई जानकारी गराउनुपर्ने बताएका हुन्। उनले मोदी नेपाल आउँदा सरकारले कुनै स्वागत नगरेको र देशलाई कुनै जानकारी नदिइएको टिप्पणी गरे। उनले छिमेकी देशको प्रधानमन्त्री नेपाल आउँदा कुनै औपचारिक कार्यक्रमसमेत नभएको भन्दै कटाक्ष गरे।
“सरकारलाई र परराष्ट्र मन्त्रालयलाई सोध्न चाहन्छु– यति ठूलो भ्रमण आफ्नो भूमिमा, आफ्नो देशमा छिमेकी राष्ट्रका प्रधानमन्त्रीको भ्रमणबारे सरकारले नेपाली जनतालाई, सदनलाई जानकारी गराउनु पर्दैन? यत्रो ठूलो भ्रमणमा मित्रराष्ट्र, छिमेकी राष्ट्रको त्यति ठूलो व्यक्तित्व, सरकार प्रमुख हाम्रो भूमिमा आउँदा खेरी सरकारले उहाँलाई स्वागत गर्नुपर्दैन? कुनै कार्यक्रम हुनुपर्दैन? त्यसका औपचारिकताहरू हुँदैनन्?” उनले भने, “त्यस कारणले यसबारे सम्मानित सदनलाई सरकार, परराष्ट्र मन्त्रालयले वास्तविकता जानकारी गराउनुपर्यो।”
उनले भारतीय प्रधानमन्त्री मादीले भ्रमण गरेको क्षेत्र नेपाली भूमि रहेको र नेपालको ‘चुच्चे नक्सा’मा समेत समेटिएको उल्लेख गरे। “कुटी, गुन्जी अहिले सम्माननीय सभामुख आसीन हुनुभएको चियरको अगाडिको डेस्कको चुच्चे नक्साभित्र नै पर्छ। हामीले नै पास गरेको, यो सदनले पास गरेको यो चुच्चे नक्साभित्र हाम्रो भू–भाग पर्छ। त्यस कारणले त्यस भूभागभित्र गुन्जी पनि पर्छ,” उनले भने। नेपाली भूमिमा भारतीय प्रधानमन्त्री मोदीको भ्रमणबारे सरकारले स्पष्ट पार्नुपर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
