भेटवार्ताका क्रममा अर्थमन्त्री महतले नेपाल वायु सेवा निगमलाई कोरियामा सिधा उडान अनुमति दिन पनि माग गरेका छन्।
काठमाडौँ– अर्थमन्त्री डा. प्रकाश शरण महतले कोरियन कम्पनीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।
दक्षिण कोरियाका उपप्रधान तथा अर्थमन्त्री चु क्यूङसँगको भेटमा अर्थमन्त्री महतले नेपालमा लगानी गरेका सबै विदेशी कम्पनीले राम्रो नाफा कमाइरहेकाले कोरियन कम्पनीलाई पनि नेपालमा राम्रो अवसर भएको बताएका हुन्। “नेपाल लगानी गरेका विभिन्न बहुराष्ट्रिय कम्पनीले राम्रो नाफा कमाइरहेका छन्,” महतले भने, “हामीले चालु आर्थिक वर्षको बजेटमार्फत निजी क्षेत्रको लगानीलाई थप सहजीकरण गर्ने प्रयास गरेका छौँ। कोरियन लगानीकर्तालाई नेपालमा स्वागत गर्न हामी इच्छुक छौँ।”
नेपालमा पर्यटनको ठूलो सम्भावना भए पनि कमजोर सडक पूर्वाधारले समस्या भइरहेको उनको भनाइ थियो। “हाम्रो देशमा पर्यटन विकासको ठूलो सम्भावना छ। तर, कमजोर सडक पूर्वाधारले समस्या भइरहेको छ,” मन्त्री महतले भने, “निजी क्षेत्रले दीर्घकालमा लाभ दिने सडक जस्ता क्षेत्रमा लगानी गर्दैनन्। पूर्वाधार विकासमा सहुलियतपूर्ण कर्जा, अनुदान, क्षमता विकासमा सहयोग गर्न अनुरोध छ।’
सो क्रममा अर्थमन्त्री महतले नेपाल वायु सेवा निगमलाई कोरियामा सिधा उडान अनुमति दिन पनि माग गरेका थिए।
उपप्रधानमन्त्री क्यूङले नेपालको पूर्वाधार विकासमा सहयोग गर्न आफूहरू तयार रहेको बताए। कोरिया ६० वर्षमा प्रतिव्यक्ति आय ८० डलरबाट ३३ हजार डलर पुर्याउन सफल भएकाले निरन्तर प्रयास गर्दा आर्थिक वृद्धि सम्भव हुने उनको भनाइ थियो।
उनले केही कोरियन लगानीमा दोहोरो कर सम्बन्धी समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न महतलाई आग्रह गरे। उनले दोहोरो कर सम्बन्धी समस्या समाधान गर्न आफू तयार रहेको र कोरियन लगानीलाई संरक्षण गर्ने प्रतिबद्धतासमेत जनाए। साथै, उनले क्यूङलाई नेपाल भ्रमण गर्न निम्तोसमेत दिए।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकको संयुक्त बैठकमा भाग लिन मोरक्कोको मराकेस पुगेका अर्थमन्त्री महतले कोरियाली उपप्रधान तथा अर्थमन्त्रीसँग साइडलाइन वार्ता गरेका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
