जस्तो भए पनि भ्रष्टाचार, भ्रष्टाचार नै हुने भन्दै यसमा कुनै पनि प्रकारको लेप लगाउन आवश्यक नभएको उनले बताए।
काठमाडाैँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले मन्त्रिपरिषद्का निर्णय पनि अख्तियारले हेर्न पाउनुपर्ने बताएका छन्।
बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले भ्रष्टाचार नीतिगत र अनीतिगत भन्ने नहुने बताए। उनले भ्रष्टाचार, भ्रष्टाचार नै हुने भन्दै यसमा कुनै लेप लाग्नु नहुने तर्क गरे। कुनै पनि गलत कुरालाई अख्तियारले हेर्न सक्ने उनकाे भनाइ थियो।
"मन्त्रिपरिषद्का निर्णय पनि अख्तियारले हेर्नु पाउनुपर्छ भन्ने हाम्रो पार्टीको मेरो लाइन हो। नीतिगत, योगत उगत भन्ने होइन। भ्रष्टाचार पनि नीतिगत र अनीतिगत भन्ने हुन्छ? भ्रष्टाचार भ्रष्टाचार मात्रै हुन्छ। कुनै लेप लाग्नु हुँदैन। हेर्नु हुँदैन भन्ने होइन। गलत चिज कुनै पनि छ भने हेर्नुपर्छ। जहिलेको पनि हेर्नुपर्छ। यो हाम्रो दलको कुरा हो," उनले भने।
रास्वपा सभापति लामिछानेले वाइडबडी खरिद प्रकरण, नेपाल ट्रस्ट, ओम्नी, यति लगायतका प्रकरणहरूको अनुसन्धान कहाँ पुग्यो भन्दै प्रश्न पनि गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
