प्रदेश १, गण्डकी र कर्णालीमा वर्षाकाे सम्भावना

दिउँसो प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली भई बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

काठमाडौँ– पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण हाल प्रदेश १, बागमती र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भएको छ।

बाँकी भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो प्रदेश १, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागमा आंशिक बदली हुने छ। 

बाँकी भागमा मौसम सामान्यतया सफा नै रहनेछ। यस्तै प्रदेश १, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ।