शनिबार बसेको प्रदेशसभाको बैठकमा कार्कीले मुख्यमन्त्रीको पदबाट राजीनामा दिने घोषणा गरेका हुन्।
काठमाडौँ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिने भएका छन्। विश्वासको मत लिने प्रयोजनका लागि शनिबार बसेको प्रदेशसभाको बैठकमा आफ्नो धारणा राख्दै एमाले संसदीय दलका नेतासमेत रहेका कार्कीले मुख्यमन्त्रीको पदबाट राजीनामा दिने घोषणा गरेका हुन्।
“मुख्यमन्त्रीको पदबाट राजीनामा बुझाउने निर्णय गरेको छु। त्यो निर्णय तपाईंहरूसमक्ष सुनाउनका लागि उभिएको छ,” उनले भने, “विश्वासको मत लिनुअघि नै म राजीनामा बुझाउने प्रतिबद्धता गर्छु।”
उनी मुख्यमन्त्री नियुक्त भएको ३० दिन पुग्दै गर्दा विश्वासको मत प्राप्त हुने अवस्था नआएपछि पदबाट राजीनामा दिने निर्णयमा पुगेका हुन्।
९३ सदस्यीय रहेको कोशी प्रदेशमा विश्वासको मतका लागि ४७ मतको आवश्यक पर्छ। एमालेसँग जम्मा ४० मत मात्रै रहेको छ। अन्य दलबाट थप मत प्राप्त गर्नुपर्ने बाध्यता मुख्यमन्त्री कार्कीलाई थियो। गठबन्धन दलले विश्वासको मत नदिने निर्णय गरेको थियो भने राप्रपाले तटस्थ बस्ने जनाएको थियो।
उनले प्रदेशसभामा धारणा राख्ने क्रममा अब बन्ने नयाँ सरकारसँग सहकार्य गरेर अगाडि बढ्न नेकपा एमाले तयार रहेको बताए। उनले प्रदेशको अंकगणित ख्याल नगरेको अवस्थामा कोशी प्रदेश मध्यावधि चुनावमा जान सक्ने चेतावनीसमेत दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
