जी–२० शिखर सम्मेलन आजदेखि

सम्मेलनको मुख्य नारा ‘रिकभर टुगेदर, रिकभर स्ट्रोङ्गर’ तय गरिएको छ।

काठमाडाैँ– विश्वका ठूला र आर्थिक रुपमा उदाउँदै गरेका देशहरूको समूह जी–२० को शिखर सम्मेलन आजदेखि इन्डोनेसियाको बालीमा शुरू हुँदैछ ।

सम्मेलनको मुख्य नारा ‘रिकभर टुगेदर, रिकभर स्ट्रोङ्गर’ तय गरिएको छ। दुई दिन हुने सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन, चिनियाँ राष्ट्रपति सी जिनपिङ, बेलायती प्रधानमन्त्री ऋषि सुनक, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत इन्डोनेसिया पुगेका छन्।

नेताहरूबीच विश्वव्यापी स्वास्थ्य संरचना, दिगो ऊर्जा संक्रमण र डिजिटल रूपान्तरणका विषयमा छलफल हुनेछ।