प्रदेश १, गण्डकी र कर्णालीमा वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै रहेकाले प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भू–भागमा हल्का वर्षा र हिमपातकाे सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– आज प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना छ। 

पश्चिमी वायुको प्रभाव कायमै रहेकाले ती क्षेत्रमा पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कर्णालीको हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना छ। 

आज राति पनि प्रदेश १ र गण्डकीका पहाडी भू–भागका केही ठाउँमा हल्का वर्षा तथा सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का हिमाली भेगमा हिमपात हुने भएकाले सतर्क रहन महाशाखाको अनुरोध छ।

महाशाखाका अनुसार बिहान काठमाडौँको तापक्रम १० डिग्री सेल्सियस थियो।