प्रधानमन्त्री दाहालले शुक्रबार साँझ चिनियाँ कम्युनिस्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
काठमाडौँ– चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको छेन्दु पुगेका छन्। तिब्बतको ल्हासाबाट प्रधानमन्त्री दाहाल छेन्दु गएका हुन्।
उनलाई छेन्दु सिचुआन प्रान्तका उपगभर्नर याङ सिङपिङ, विदेश मन्त्रालयको सिचुआन प्रान्तका निर्देशक चाङ ताओ र विदेश मन्त्रालयको एशियाली मामिलासम्बन्धी विभागका प्रमुखले स्वागत गरे। छेन्दुमा प्रधानमन्त्री दाहालले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने कार्यक्रम छ।
यसैबीच उनले साँझ चिनियाँ कम्युनिस्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
बिहीबार कैलाश मानसरोवरको भ्रमण गरेका थिए। प्रधानमन्त्री दाहाल शनिबार छेन्दुबाटै काठमाडौँ फर्किने कार्यक्रम छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
