रामारोशनमा दर्जनौँ समथर फाँटहरू र यहाँ पुल्ने फूल यहाँका आकर्षण हुन्। पाटनमा डाँफे, मुनालजस्ता चरा, कस्तुरी र झारल पनि देख्न सकिन्छ।
अछाम– अछामको पर्यटकीयस्थल रामारोशन विभिन्न ४६ देशका पर्यटकले भरिएको छ। उनीहरु वर्ल्ड रेन्बो फेमली नामक समूहअन्तर्गत यहाँ आएका हुन्। ती पर्यटकहरू तीन महिनासम्म रामरोशन घुम्ने उद्देश्यले यहाँ जम्मा भएका हुन्।
विश्व पर्यटन दिवसका अवसरमा पर्यटन क्षेत्र विकास समितिले आयोजना गरेको देउडा तथा सांस्कृतिक कार्यक्रममा ती पर्यटक पनि सहभागी भए। रामारोशन घुम्न आएका ती पर्यटकलाई गाउँपालिकाले स्वागत गर्ने गरेको गाउँपालिका अध्यक्ष मानबहादुर साउदले बताए। पर्यटकको आगमनले रामारोशनको चर्चा बढ्न थालेको उनको भनाइ छ।
पर्यटकहरूलाई रामरोशन घुम्नका लागि विभिन्न शर्तसहित अनुमति दिने गरिएको उनले सुनाए। रामारोशन आएका विदेशी पर्यटकहरू खुला चौरमा टेन्ट टाँगेर बसेका छन्।
रामे र रोशन नाम गरेका दुई दाजुभाइको नामबाट यस क्षेत्रको नाम रामारोशन रहेको किम्बदन्ती छ। कतिपयले यो क्षेत्रमा शिव–पार्वती बस्ने गरेकाले नै रामारोशन नामकरण भएको बताउँछन्। रामारोशन गाउँपालिका–६ स्थित पर्यटकीय लेकमा रहेको रामारोशन ताल ‘बाह्र बण्ड, अठार खण्ड’का नामले पनि चिनिन्छ। बाह्र बण्ड भनेको यहाँका १२ वटा ताल र अठार खण्डले यहाँका १८ वटा चौरलाई जनाउँछ।
रामारोशनमा दर्जनौँ समथर फाँटहरू र यहाँ पुल्ने फूल यहाँका आकर्षण हुन्। पाटनमा डाँफे, मुनालजस्ता चरा, कस्तुरी र झारल पनि देख्न सकिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
