सञ्चारमन्त्री रेखा शर्माले भ्रमपूर्ण सूचना आतंक बढेसँगै सूचनाको हकसम्बन्धी अधिकारमाथि चुनौती सिर्जना भएको बताएकी छिन्।
काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रमपूर्ण सूचना आतंक वृद्धि भएसँगै सूचनाको हकसम्बन्धी अधिकारमाथि चुनौती सिर्जना भएको बताएकी छिन्। ‘अनलाइन स्पेस’लाई सुरक्षित बनाउँदै सूचनाको संरक्षण र सही रूपमा प्रवाह गर्नुपर्नेमा जोड दिँदै उनले सूचना प्रवाहलाई विश्वसनीय बनाउनुपर्ने बताइन्।
बिहीबार सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस, २०८० का अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा सरकारका प्रवक्ता एवं मन्त्री शर्माले ‘अनलाइन स्पेस’को विकाससँगै भ्रमपूर्ण सूचना आतंक बढ्न थालेको दाबी गरिन्।
“अनलाइन स्पेसको विकाससँगै भ्रमपूर्ण सूचना आतंक बढ्न थालेको छ। यो पनि सूचनाको हकको सन्दर्भमा चुनौतीपूर्ण विषय हो,” उनले भनिन्, “यसले नागरिकको सत्य जान्ने अधिकारलाई कुण्ठित गर्छ।”
मन्त्री शर्माका अनुसार ‘अनलाइन स्पेस’लाई सुरक्षित बनाउनका लागि कानूनी र संस्थागत प्रयास गरिरहेको छ। सरकारले पहिलो पटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरेको गरेको उनले जानकारी दिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
