राष्ट्रपति निर्वाचित भएसँगै नतासा पिर्कले जयवायुका क्षेत्रमा काम गर्नु आवश्यक रहेको बताएकी छन्।
नतासा पिर्क मुसर, मध्य युरोपेली देश स्लोभिनियाको पहिलो महिला राष्ट्रपति चुनिएकी छन्। कन्जरभेटिभ राजनीतिका वरिष्ठ नेता एवं पूर्वपरराष्ट्रमन्त्री अन्जे लोगरलाई हराउँदै पत्रकार एवं वकिल मुसर विजयी भएकी हुन्। निर्वाचनमा मुसरले ५४ प्रतिशत र उनका निकटतम प्रतिस्पर्धी लोगरले ४६ प्रतिशत मत ल्याएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचित भएपछि नागरिकलाई सम्बोधन गर्दै उनले भनिन्, “स्लोभिनियाले युरोपेली युनियन र यसका प्रजातान्त्रिक मूल्यमान्यतामा विश्वास गर्ने व्यक्तिलाई राष्ट्रपति बनाएको छ। विश्वले जलवायु परिवर्तनका कारण कठिन परिस्थितिको सामना गरिरहेकोमा पृथ्वीको रक्षा गर्ने जिम्मेवारी युवाहरूले राजनीतिको काँधमा राखिदिएका छन्। ता कि भावी पुस्ता, हाम्रा बालबच्चाले स्वस्थ र स्वच्छ वातावरणमा बाँच्न सकून्।”
स्लोभिनियामा मूलतः राष्ट्रपतिको भूमिका आलंकारिक हुने व्यवस्था छ तर मुसर त्यहाँको सैन्य बलको प्रमुख बन्नेछिन् भने केन्द्रीय बैंकको गभर्नरसहित थुप्रै सरकारी पदाधिकारीहरूको नियुक्ति समेत गर्न पाउनेछिन्।
यसअघि अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको राष्ट्रपतीय कार्यकालका बेला मुसरले ट्रम्पकी श्रीमती मेलानियाको कानूनी सल्लाहकारको भूमिकामा समेत काम गरेकी थिइन्। ट्रम्पकी श्रीमती मेलानियाको जन्म पनि स्लोभिनियामै भएको थियो।
अन्तर्राष्ट्रिय मोडलको करियर बनाइरहेका बेला मेलानिया ट्रम्पले धनाढ्यहरूको मोजमस्तीका लागि काम गर्ने गरेको भन्ने आरोप लगाउने स्लोभेनियाको एक पत्रिका सुजी म्यागेजिनविरुद्ध सन् २०१६ मा मुसर र उनका सहयोगीले मुद्दा दायर गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
