मंगलबारसम्म चल्ने अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहित २४९ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ।
काठमाडौँ– नेकपा एमालेको बागमती प्रदेशको प्रथम अधिवेशन सोमबारबाट शुरू हुँदैछ। उद्घाटनअघि एमालेले काठमाडौँका ६ ठाउँबाट र्याली निकाल्ने जनाएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने अधिवेशनकाे एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट उद्घाटन हुनेछ। अधिवेशनलाई प्रविधिमैत्री बनाउन उद्घाटन रोबोटको माध्यमबाट गरिने एमालेले जनाएको छ।
मंगलबारसम्म चल्ने अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहित २४९ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ। नेतृत्व चयनमा सर्वसम्मति नभए विद्युतीय भोटिङ मेसिनमार्फत् मतदान गराइने गरी तयारी भइरहेको छ।
अधिवेशनमा ११ सय ३८ जना प्रतिनिधि सहभागी हुँदैछन्। बागमतीको अध्यक्षको लागि केन्द्रीय सदस्यहरू कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, रचना खड्का, बागमती प्रदेशका पुर्वसभामुख सानुकुमार श्रेष्ठ, वर्तमान प्रदेश अध्यक्ष पाण्डे, पूर्वसांसद कृष्णभक्त पोखरेललगायतका नेताहरुले दाबी गरेका छन्।
यस्तै, एमालेले प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारी पनि गरिरहेकाे छ। असाेज १५ र १६ गते पाेखरामा अधिवेशन गर्ने एमाले गण्डकी प्रदेश कमिटिका सचिव धनञ्जय दवाडीले जानकारी दिए। गण्डकी प्रदेश अध्यक्षको आकांक्षीमा अहिलेका अध्यक्ष नवराज शर्मा, सचिव धनञ्जय दवाडी, उपसचिव रश्मी आचार्यलगायतको नाम चर्चामा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
