भेटमा आयरल्यान्डका राष्ट्रपति माइकल डी हिगिन्सले नेपाल लोकतन्त्रको बाटोमा अघि बढेकाबारे आफू जानकार रहेको बताउँदै प्राकृतिक रूपमा दुवै मुलुक धनी रहेको उल्लेख गरेका छन्।
काठमाडौँ– आयरल्यान्ड भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले शुक्रबार साँझ आयरल्यान्डका राष्ट्रपति माइकल डी हिगिन्ससँग शिष्टाचार भेट गरेका छन्।
राजधानी डब्लिनस्थित राष्ट्रपति कार्यालयमा भएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बारेमा छलफल भएको सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिए। भेटमा सभामुख घिमिरेले कूटनीतिक सम्बन्ध विस्तार भएको २४ वर्षमा दुई मुलुकबीच उच्चस्तरीय सम्बन्ध एवं सम्पर्क गहन हुँदै गएको बताएका थिए।
“सन् २०१९ सेप्टेम्बरमा आयरल्यान्डका सभामुखले गर्नुभएको नेपाल भ्रमणले दुई संसद्बीचको सम्बन्धलाई घनिष्ठ बनाएको छ,” उनले भने, “दुई मुलुकबीच विश्व शान्ति, मित्रता एवं सद्भाव जस्ता समान मूल्य मान्यता हुन्। लोकतन्त्र, मानवअधिकार, विधिको शासन र स्वतन्त्रता हाम्रा साझा प्रतिबद्धता रहेका छन्।”
सभामुख घिमिरेले सन् २०२६ मा नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुन गइरहेको जानकारी दिँदै नेपालको आर्थिक विकासको लागि कृषि, पर्यटन, जलविद्युत्, भौतिक पूर्वाधार तथा सूचना प्रविधि जस्ता क्षेत्रमा लगानी गर्न राष्ट्रपतिमार्फत अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरे। लगानीकर्ताहरूलाई आकर्षित गर्न आवश्यक कानुनी एवं नीतिगत सुधार भइरहेको जानकारीसमेत दिए। जलवायु परिवर्तनको चुनौती सामना गर्न विश्व मञ्चमा नेपाल र आयरल्यान्डबीच सहकार्यमा सभामुख घिमिरेको जोड थियो।
आयरल्यान्डका राष्ट्रपति माइकल डी हिगिन्सले नेपाल राजतन्त्रात्मक शासन अन्त्य गर्दै लोकतन्त्रको बाटोमा अघि बढेकाबारे आफू जानकार रहेको बताउँदै प्राकृतिक रूपमा दुवै मुलुक धनी रहेको उल्लेख गरे। सर्वोच्च शिखर सगरमाथा र हरित पर्यटनका लागि नेपाल जान आइरिस नागरिक लालयित रहेको उनको भनाइ थियो। राष्ट्रपति हिगिन्सले नेपाल–आयरल्यान्डमैत्री समूहमार्फत नेपालको कृषि, पर्यटनलगायत क्षेत्रमा काम गर्न सकिने धारणा राखेको स्वकीय सचिव भट्टराईले बताए।
भेटमा सभामुख घिमिरेले आइरिस राष्ट्रपतिको कविता संग्रहसमेत स्मरण गरेका थिए। “तपाईंले लेखेको कविता संग्रह नेपाली भाषामा अनुवाद भएको छ। अत्यन्त राम्रो छ। नेपालीले रुचाएका छन्,” उनले भने।
तत्कालीन बेलायतस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी (दुवसु क्षेत्री)द्वारा अनुवादित कविता संग्रह नेपाली भाषामा प्रकाशित छ। सभामुख घिमिरेले राष्ट्रपति हिगिन्सलाई नेपाल भ्रमणका लागि आमन्त्रणसमेत गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
