कांग्रेस महामन्त्री थापाले सरकारले चाँडोभन्दा चाँडो शिक्षकका माग पूरा गरेर विद्यार्थीले पढ्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताए।
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संसद्मा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि व्यक्त गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले विधेयकमा संशोधन हाल्न शुरू भएपछि आफूले पनि ७० भन्दा बढी ठाउँमा संशोधन हाल्नुपर्ने अवस्था देखेको बताएका हुन्।
उनले विद्यालय शिक्षा विधेयकमा धेरै त्रुटि रहेको भन्दै संसद्बाट सच्याएर मात्रै पारित हुने विश्वास व्यक्त गरे। अहिले बनाउने कानूनले तत्कालको समस्या मात्र नभई कम्तिमा २० वर्षसम्म हेर्न सक्ने गरेर कानून बन्नुपर्ने उनको भनाइ छ।
“यो विधेयकमा संशोधन हाल्न शुरू भएपछि मैले मात्रै हाल्ने संशोधन सरसरती हेर्दै गर्दा ७० भन्दा बढी रहेछन्, भनेपछि कति त्रुटि रहेछन्? यसका यावत् त्रुटिहरू छन्। अहिले बनाउने कानूनले आजको समस्या मात्र होइन, कम्तिमा २० वर्षसम्म हेर्न सक्ने गरेर कानून बन्नुपर्छ,” उनले भने।
उनले नेपालको शिक्षाक्षेत्रलाई सुधार्न सबैभन्दा धेरै पारिश्रमिक शिक्षण पेसामा हुनेहरूले पाउनुपर्ने धारणा राखे। उनले शिक्षकले प्राप्त गर्नुपर्ने न्यूनतम कुरा अहिले कानून बन्दै गर्दा पनि दिन नसके विद्यालयलाई शिक्षालाई उकास्न नसकिने उल्लेख गरे।
महामन्त्री थापाले सरकारले चाँडोभन्दा चाँडो शिक्षकका माग पूरा गरेर विद्यार्थीले पढ्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताए। “यत्रा केटाकेटी स्कुल पढ्न जान नपाउने कुरा छ, चाँडोभन्दा चाँडो आन्दोलन स्थगित हुनेगरी जानुपर्छ। सरकारले पनि आफ्नो कुरा स्पष्ट गर्नुपर्छ,” उनले भने। उनले सरकार शिक्षकबीचको वार्ताले सकारात्मक रूप लिने विश्वास लिएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
