केही उद्योगले १४.२ किलोभन्दा बढी क्षमताका सिलिन्डरमा एलपी ग्यास भरी बिक्री गरेको पाइएपछि निगमले त्यस्तो कार्य तुरुन्त बन्द गर्न निर्देशन दिएको छ।
काठमाडौँ– नेपाल आयल निगमले तोकिएभन्दा बढी क्षमताको सिलिन्डरमा ग्यास भर्ने उद्योगको कारोबार निलम्बन गर्ने चेतावनी दिएको छ।
केही उद्योगले १४.२ किलोभन्दा बढी क्षमताका सिलिन्डरमा एलपी ग्यास भरी बिक्री गरेको पाइएपछि निगमले त्यस्तो कार्य तुरुन्त बन्द गर्न निर्देशन दिएको हो।
निर्धारित तौलभन्दा बढी क्षमताका सिलिन्डरमा ग्यास भरी बिक्री गरेको पाइएमा एलपी ग्यास विनियमावली, २०६५ बमोजिम कारबाही गरिने निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।
विनियमावलीको विनियम २९ मा निर्धारित तौल (१४.२ किलो) अनुसार ग्यास बिक्री नगरेमा तथा निगमको निर्देशन पालना नगरेमा उद्योगसँगको कारोबार तीन महिनासम्मका लागि निलम्बन गर्न सक्ने व्यवस्था छ।
केही ग्यास उद्योगले बढी क्षमताका सिलिन्डरमा ग्यास भरी बिक्री वितरण गर्न अनुमति माग गरेका थिए। मौजुदा विनियमावलीविपरित ग्यास भर्न अनुमति दिन नसकिने भनी निगमले ती उद्योगलाई जानकारी गराएको थियो।
निगमले १४.२ किलोभन्दा अतिरिक्त क्षमताका सिलिन्डरको प्रयोग गर्नु गैरकानूनी भएको जनाएको छ। त्यस्ता सिलिन्डर प्रयोग नगर्न निगमले उपभोक्तालाई अनुरोधसमेत गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
