आजको मौसम : कर्णाली र सुदूरपश्चिममा हिमपात हुनसक्ने

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बागमती प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कठमाडौँ– नेपालमा पश्चिमी वायुको प्रभाव हल्का मात्रै रहेका कारण मौसम क्रमशः सुधार हुँदै गएको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेश तथा पहाडी भू–भागमा सामान्य बदली रही बाँकी ठाउँमा मौसम सफा रहेको छ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बागमती प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी क्षेत्रमा मौसम सफा रहनेछ।

यस्तै आज प्रदेश १, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगमा हल्का वर्षा र हिमपातको सम्भावना पनि छ।