राज्य व्यवस्था तथा सुशासन समितिले भीभीआईपी र भीआईपीहरूलाई मापदण्डविपरीत उपलब्ध गराइएका सुरक्षा अधिकृत, सवारीचालक र भान्से फिर्ता गर्न निर्देशन दिएको छ।
काठमाडौँ– अति विशिषट (भीभीआईपी) र विशिष्ट (भीआईपी)लाई मापदण्डविपरीत दिइएका सुरक्षा अधिकृत, सवारीचालक र भान्सेलाई १५ दिनभित्र फिर्ता गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ।
बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले भीभीआईपी र भीआईपीहरूलाई मापदण्डविपरीत उपलब्ध गराइएका सुरक्षा अधिकृत, सवारीचालक र भान्से फिर्ता गर्न निर्देशन दिएको हो।
उनीहरूलाई फिर्ता गरी आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन र समितिलाई जानकारी गराउन पनि बैठकले अनुरोध गरेको समिति सभापति रामहरि खतिवडाले बताए।
“मापदण्डविपरीत उपलब्ध गराइएका पीएसओ, सवारीचालक र भान्सेलाई १५ दिनभित्र फिर्ता गरी आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन निर्देशन दिइएको छ,” उनले भने।
यस्तै, सरकारले अत्यावश्यक सेवाका कार्यालय सार्वजनिक बिदाको दिन पनि खोल्ने निर्णय गरेकोमा त्यसको कार्यान्वयन प्रभावकारी नभएको र सो निर्णयसमेत यथाशीघ्र कार्यान्वयन गर्न पनि निर्देशन दिइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
