सो विवाहमा तमिल नाडूका विभिन्न मन्त्री र सांसदहरूसमेत सहभागी भएका थिए। साथै, अस्पतालले उनीहरूलाई विवाहको उपहारस्वरूप त्यहीँ काम गर्न दिने प्रस्तावसमेत गरेको थियो।
भारतको चेन्नईस्थित इन्स्टिच्युट अफ मेन्टल हेल्थ(आईएमएच) मा भेटिएका दुई बिरामीहरूले विवाह गरेका हुन्। दुई मानसिक समस्याका मानिसबीच विवाह भएको आफ्नो २२८ वर्ष लामो ईतिहासमै पहिलो पटक भएको आईएमएचले जनाएको छ।
सन् २०२० मा उपचारका लागि आईएमएच अस्पताल जानुपहिले ४२ वर्षीय महेन्द्रन र ३६ वर्षीया दीपाबीच चिनजान थिएन। तर अस्पताल बसाइँकै क्रममा उनीहरूबीच चिनजान हुँदै माया बढ्न थाल्यो। प्रेमी प्रेमीका बनेका उनीहरूले पछि विवाह नै गर्ने निर्णय गरे।
महेन्द्रन भन्छन्, “मैले उनलाई पहिले देख्ने बित्तिकै नै मन पराएको थिएँ। उनले अरूलाई गर्ने व्यवहार, अरूको ख्याल राख्ने बानी, उनी जस्तो छिन् मलाई सबै राम्रो लागेको थियो। र मैलै नै उनलाई प्रस्ताव राखेको थिएँ।” तर दीपाले शुरूमा आनाकानी गर्दै आफूलाई समय दिन भनेकी थिइन्। दीपा भन्छिन्, “उपचारको ६ महिनापछि म घर गएँ र पछि आईएमएच फर्किँदा पनि उनी त्यहीँ थिए। त्यतिबेला म बिरामी पर्दा उनले मप्रति देखाएको माया र देखभालका कारण म आकर्षित भएकी थिएँ र मन पराउन थालेँ। पछि हामी बिहेको निर्णयमा पुग्यौँ।”
उनीहरूले आईएमएचभित्रै रहेको एक मन्दीरमा यही अक्टोबरमा बिहे गरेका हुन्। सो विवाहमा तमिल नाडूका विभिन्न मन्त्री र सांसदहरूसमेत सहभागी भएका थिए। यो उनीहरूका लागि पारिवारीक विवाहजस्तै बनेको आईएमएचकी निर्देशक डा.पूर्ण चन्द्रीकाले बीबीसीलाई बताइन्। डा.चन्द्रीकाले भनिन्,“यो उनीहरूको निर्णय हो। हामी एकदमै खुशी छौँ।”
अस्पतालले उनीहरूलाई विवाहको उपहारस्वरूप त्यहीँ काम गर्न दिने प्रस्तावसमेत गरेको थियो। यसले उनीहरूमा थप खुशी छाएको दीपा बताउँछिन्, “मेरो श्रीमान्ले अस्पतालका सबैलाई सहयोग गर्न चाहनुहुथ्यो। अहिले उहाँको इच्छा पनि पूरा भएको छ। म निकै खुशी छु।” दीपा र मेहन्द्रनले अहिले विवाहपछिको खुशी जीवन बिताइरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
