भेटवार्ताका क्रममा दुई नेताबीच नेपाल र श्रीलंकाको द्विपक्षीय सम्बन्ध विस्तार तथा बहुपक्षीय सहकार्यका बारेमा छलफल भएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ।
न्युयोर्क– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमसिंघेबीच अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको छ।
मंगलबार साँझ भएको भेटमा दुई नेताबीच नेपाल र श्रीलंकाको द्विपक्षीय सम्बन्ध विस्तार तथा बहुपक्षीय सहकार्यका बारेमा छलफल भएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ।
प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिनका लागि न्युयोर्क आएका छन्। सोही अवसरमा प्रधानमन्त्री दाहाल र राष्ट्रसंघीय उच्च प्रतिनिधि रवाव फतिमाबीच पनि भेट भएको छ।
अतिकम विकसित तथा भूपरिवेष्टित विकासशील देशका लागि राष्ट्रसंघीय उच्च प्रतिनिधि फतिमाले मंगलबार नै प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेकी हुन्।
न्युयोर्कस्थित नेपालको स्थायी नियोगका अनुसार भेटका अवसरमा सामूहिक चासोका विभिन्न विषय र अल्पविकसित देशको चासोलाई बहुपक्षीय फोरममा कसरी प्रोत्साहन गर्ने भन्ने विषयमा छलफल भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
