‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीमा अरू दलका नेतालाई पनि वक्ताका रूपमा बोलाइएको एमालेले जनाएको छ।
काठमाडौँ– नेकपा एमालेले संविधानसभा अध्यक्ष स्व. सुवास नेम्वाङको स्मृतिमा मंगलबार सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्दै छ।
संविधान दिवसको पूर्वसन्ध्यामा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीको आयोजना गर्न लागिएको एमालेले जनाएको छ।
शनिबार बसेको पार्टीको कार्यालय बैठकले गोष्ठी गर्ने निर्णय गर्दै सातै प्रदेशमा जिम्मेवारी तोकेको थियो। विचार गोष्ठीमा अरू दलका नेतालाई पनि वक्ताका रूपमा बोलाइएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए।
उनका अनुसार काठमाडौँमा अध्यक्ष केपी शर्मा ओली प्रमुख वक्ता रहनेछन् भने बाँकी प्रदेशमा पार्टी उपाध्यक्षहरूलाई जिम्मेवारी तोकिएको छ।
कोशीमा उपाध्यक्ष रामबहादुर थापा , मधेशमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, गण्डकीमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, लुम्बिनीमा उपाध्यक्ष युवराज ज्ञवाली, कर्णालीमा उपाध्यक्ष सुरेन्द्र पाण्डे र सुदूरपश्चिममा उपाध्यक्ष विष्णु पौडेल मुख्य वक्ता रहनेछन्।
एमाले केन्द्रीय कार्यालयमा हुने गोष्ठीमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला, एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख ओनसरी घर्ती, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत अन्य दलका नेता पनि वक्ताका रूपमा छन्।
एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङको भदौ २६ गते बिहान हृदयघातबाट निधन भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
