एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमसीसीको विरोध गर्न लगाएर आफ्नो पार्टीलाई सरकारबाट फाल्ने कुचेष्टा भइरहेको बताएका छन्।
काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तागठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको बताएका छन्। सोमबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले गठबन्धनलाई कमजोर पार्नका लागि आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको टिप्पणी गरेका हुन्।
उनले पार्टीविरुद्ध हुने षड्यन्त्रबाट होसियार रहन नेता–कार्यकर्तालाई आग्रहसमेत गरे। “आज गठबन्धनलाई धारे हात लगाएर यसलाई कमजोर पार्नका लागि अनि यसबाट हाम्रो पार्टीलाई बाहिर निकाल्नका लागि जुन किसिमको षड्यन्त्र भइरहेको छ, त्यसबाट होसियार हुनका लागि म सबैलाई आह्वान गर्न चाहन्छु,” उनले भने, “गठबन्धनलाई बलियो बनाउने हाम्रो जिम्मेवारी हो।”
गठबन्धन बनाउने काममा भूमिका आफूहरूले नै खेलेको भन्दै गठबन्धन पनि आफूले नै जोगाउनुपर्ने उनको भनाइ थियो। केही कमीकमजोरी भएको भए आलोचना गर्न सकिने र त्यसलाई सुधार गर्दै अगाडि बढ्न सकिने उनको धारणा थियो। उन्नत कम्युनिस्टहरूको एकता कायम गर्दै अघि बढ्ने नीति आफूहरूको रहेको पनि उनले प्रस्ट्याए।
“हामीले लिने गरेको नीति के हो भने एकता पनि गर्ने, अनुचित कुराका विरुद्धमा संघर्ष पनि गर्ने र संघर्ष गरेर नयाँ स्तरको उन्नत कम्युनिस्टहरूको एकता कायम गर्दै अघि बढ्ने हो। एकता, संघर्ष र उन्नत स्तरको एकता गर्ने हो,” उनले भने।
फरक प्रसंगमा अध्यक्ष नेपालले व्याख्यात्मक घोषणाका रूपमा एमसीसी पास नगरेको भए नेपालको हात तल पर्ने, नेपालको स्वाभिमानले नतमस्तक हुनुपर्ने स्थिति आउने दाबी गरे। उनले व्याख्यात्मक घोषणापछि मात्रै पास गर्नाले विदेशीको गुलाम बन्न नपरेको जिकिर गरे।
“यदि हामीले व्याख्यात्मक घोषणाको रूपमा थप्ने काम नगरेको भए एमसीसी यथास्थितिमा पास हुने थियो। नेपालको हात तल पर्ने थियो, नेपालको स्वाभिमानले नतमस्तक हुनु पर्दथ्यो। र हामी आराम रहि सार्न सक्ने हैसियतमा हुने थिएनौँ। हाम्रै पार्टीको पहल कदमीमा व्याख्यात्मक टिप्पणी ल्याएर हाम्रो देशको स्वाभिमानको रक्षा गरेका छौँ,” उनले भने।
अध्यक्ष नेपालले एमसीसीको घोर विरोध गरेको कारण वाहवाही पाउने भए मजदुर किसान पार्टी र मोहनविक्रम सिंहको पार्टीले सय सिट कटाउने भन्दै एमसीसी पारित गर्ने निर्णयको बचाउ गरे। उनले एमसीसीको विरोध गर्न लगाएर आफ्नो पार्टीलाई सरकारबाट फाल्ने कुचेष्टा भएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
