हाउस अफ रिप्रिजेन्टेटिभ्समा रिपब्लिकनको २११ र डेमोक्रेट्सको २०४ सिट संख्या छ। हाउस अफ रिप्रिजेन्टेटिभ्सको कूल ४३५ सिटमध्ये बहुमत ल्याउन कुनै पनि पार्टीले २१८ सिट जित्नुपर्ने हुन्छ।
अमेरिकी संसद्को माथिल्लो सदन सिनेटमा डेमोक्रेटिक पार्टीले बढी सिट ल्याएको छ। निर्णायक मानिएको नेबाडा राज्यमा डेमोक्रेटिकतर्फबाट सिनेट सदस्यकी उम्मेदवार क्याथरिन कोर्टेज मस्ताको जितेसँगै डेमोक्रेट्सको सिट बढेको हो। नेबाडामा अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको समर्थन पाएका रिपब्लिकन उम्मेदवार एडम ल्याक्सले जित्ने आकलन गरिए पनि नतिजा ठिक विपरीत आएको हो।
नेबाडाको नतिजापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले भने, “कडा प्रतिस्पर्धाका बाबजुद सिनेटमा डेमाक्रेट्सले धेरै सिट ल्याएको छ। म निकै खुशी छु। यसले हाम्रा उम्मेदवारहरूको गुणवत्ता झल्काएको छ।”
डेमोक्रेटिक पार्टीले पछिल्लो २० वर्षयताकै राम्रो मध्यावधि चुनावी नतिजा ल्याएको बीबीसीले उल्लेख गरेको छ। यता, डेमोक्रेट नेता चक स्चुमर भन्छन्, “अहिलेको नतिजाले अमेरिकी नागरिकहरूले रिपब्लिकन पार्टीको हिंसात्मक बयानबाजीलाई नरुचाएको दर्शाएको छ। हामी प्रजातन्त्रमा विश्वास गर्छौं र हाम्रो बलियो जरा हामी लडिरहँदासम्म रहिरहनेछ।
नेबाडाको ताजा नतिजासँगै १०० सदस्यीय सिनेटमा ३५ सिटका लागि मतदान भएको थियो। जसमा डेमोक्रेट्सको ५० र रिपब्लिकनका ४९ सिट संख्या भएको छ। सिनेटमा भने कुनै पनि पार्टीले बहुमतका लागि आवश्यक ५१ सिट नल्याएपछि जर्जियामा भने आगामी डिसेम्बरमा पुनः मतदान (रनअफ चुनाव) हुने भएको छ। त्यसअघिसम्म सिनेट डेमोक्रेट्सको नियन्त्रणमा रहनेछ। अमेरिकामा आम निर्वाचनमा सकिएको चार सातापछि (रनअफ) पुनः चुनाव हुने व्यवस्था छ।
बहुमतका लागि ५१ सिट चाहिनेमा डेमोक्रेट्सको ५० र रिपब्लिकनको ४९ सिट ल्याएपछि पुनः चुनाव हुन लागेको हो। जर्जियाको चुनावमा डेमोक्रेट्सले जिते सिनेटमा उसको बहुमत हुनेछ। सिनेटका लागि नेबाडा र जर्जियाको मतसंख्यालाई निर्णायक मानिएको थियो।
यस्तै, अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा डेमोक्रेट पार्टी रिपब्लिकनभन्दा सात सिट पछि छ। तल्लो सदनमा रिपब्लिकनको २११ र डेमोक्रेट्सको सिटसंख्या २०४ छ। कूल ४३५ सिटमध्ये हाउस अफ रिप्रिजेन्टेटिभ्समा बहुमत ल्याउन कुनै पनि पार्टीले २१८ सिट जित्नुपर्नेछ।
राष्ट्रपति बाइडेनका लागि डेमोक्रेट्सले हाउस अफ रिप्रिजेन्टेटिभ्समा पनि बहुमत ल्याउनु महत्त्वपूर्ण छ। संसद्मा हुने महत्त्वपूर्ण निर्णयका लागि तल्लो सदनमा डेमोक्रेट्सको सिटसंख्या बढी हुनु बाइडेनका लागि आवश्यक छ।
अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभ्समा जुन पार्टीले बहुमत ल्याउँछ, सदनमा संसद्मा उसकै दबदबा हुन्छ। साथै, कानून बनाउनेमा पनि सोही पार्टीकै महत्त्वपूर्ण भूमिका हुन्छ। यदि तल्लो सदनमा रिपब्लिकनले जिते कुन कानूनमा मतदान गर्ने वा नगर्ने उनीहरूले नै निर्णय गर्नेछन् र राष्ट्रपति बाइडनले यसअघि उठाएका अजेन्डासमेत किनारा लगाउन सक्छन्। त्यसैले तल्लो सदनमा रिपब्लिकनको अग्रता राष्ट्रपति बाइडेनका लागि टाउको दुखाइको विषय बनिरहेको छ।
मध्यावधि चुनावमा डेमोक्रेटिक पार्टी र रिपब्लिकनबीच कडा प्रतिस्पर्धा देखिएको छ। अमेरिकी संसद्मा प्रतिनिधि चयनका लागि हुने मध्यावधि निर्वाचनले मुलुकभरको कानून निर्माण गर्दछ। तल्लो सदनले कुन कानूनमाथि मतदान गर्ने निर्धारण गर्छ भने माथिल्लो सदनले त्यस कानूनलाई रोक्ने वा प्रमाणीकरण गर्ने काम गर्दछ। साथै,राष्ट्रपतिद्वारा हुने नियुक्तिलाई समर्थन गर्ने र राष्ट्रपतिविरुद्ध विरलै हुने अनुसन्धानको काम पनि सिनेटले नै गर्दछ।
अमेरिकामा ६ वर्षे कार्यकालका लागि हरेक राज्यबाट दुईजना सिनेट सदस्य चुनिन्छन्। यस्तै, साना जिल्लाको प्रतिनिधित्व गर्ने तल्लो सदनका सदस्यहरूको कार्यकाल दुई वर्षको हुन्छ।
यसैबीच, मध्यावधि निर्वाचनमा पार्टीको लोकप्रियता बढेकाले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले आगामी राष्ट्रपति निर्वाचनमा राष्ट्रपतिका लागि उम्मेदवारी दिनसक्ने आकलन गरिएको छ। मध्यावधि चुनावको प्रचारमा गएका बेला ट्रम्पले दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनाव लड्ने बताएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
