एमाले अध्यक्ष ओलीले सरकारले सुन तस्करलाई भगाउन सबै व्यवस्था मिलाएपछि अनुसन्धान गरेजस्तो गरेको टिप्पणी गरे।
काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले ६० केजी सुन तस्करी प्रकरणमा सरकारले ‘निर्लज्ज र बेसरम’ भएर तस्करीलाई जोगाएको आरोप गरेका छन्। आइतबार ललितपुरमा आयोजित ‘बढ्दो महँगी र उपभोक्ताको हितको सवाल विचार गोष्ठीमा’ उनले सरकारले सुन तस्करी प्रकरणका मुख्य दोषीलाई भगाउन सरकारले मद्दत गरेर निर्लज्जता देखाएको टिप्पणी गरेका हुन्।
“भएको त्यो हो नि सरकार त निर्लज्ज भएर, बेसरम भएर सुन बुझ्न गएको मान्छेलाई कसको सुन हो? के हो? कहाँबाट आयो? कसले पैसा हाल्यो? त्यो कुराको सोधी खोजी नगरी कहाँ लिएर जाँदै थियो त्यो पनि नसोधीकन छोड्यो होला त?” उनले भने।
उनले भाटभेटेनीका सञ्चालकलाई समातेको तथा कांग्रेसका सांसदलाई बिनापुर्जी पक्राउ गरेको भन्दै थपे, ‘एक सय केजी सुनसहित पक्राउ परेको एउटा सुन बुझ्न आएको मान्छे र लिएर जाने ट्याक्सी ड्राइभर त्यस्ता निश्चित मान्छेहरू थिए उनीहरूलाई राजस्वमा पुर्याएर खोजेका बेला हाजिर हुन्छु भनेर भगाइयो। भगाएकै हो त्यो। नत्र तपाईंहरू अनुमान गर्नुहोस् त मीनबहादुर गुरुङ भाग्छ भनेर समातिने, सुनील शर्मा भाग्छ भनेर अचानक पक्रिने। सरकारलाई सर्टिफिकेट हेर्न पर्यो रे त्यसकारण माननीय भाग्छ भनेर पुर्जी न आदेश पहिल्यै समात्यो।”
ओलीले सरकारले तस्करलाई भगाउन सबै व्यवस्था गरेपछि र सबै मिलाएपछि जाँच गरेजस्तो गरेको टिप्पणी गरे। “मान्छे भाग्ने भागिसके सीमा काट्ने काटिसके, लुकाउने कुरा लुकाइसकियो पर्सिपल्ट गएर छापा मारेर ६५ ओटा खाली बक्सा जसमा बोकिएको थियो। सामान ती ६५ बाकस भेटिए तर खाली तीन दिनपछि जाँदा ड्राइभर र सुन बुझ्न जाने मान्छेलाई छोड्दिएर ल गएर सबै भगाऊ, मिलाऊ सबै लुकाऊ भनेर पठाएपछि अनि भेटिन्छ?”, उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
