काेपमा जलवायु परिवर्तनका कारण उत्पन्न खाद्य संकट, भोकमरी र खडेरीजस्ता विषयले आशा गरेअनुसार प्राथमिकता नपाएको विज्ञ बताउँछन्।
इजिप्ट– जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७)मा खाद्य संकटको मुद्दाले प्राथमिकता पाउन सकेन।
इजिप्टमा भइरहेको यस सम्मेलनलाई अफ्रिकी कोपसमेत मानिन्छ। सम्मेलनका हालसम्मका कार्यक्रम र छलफलमा उठेका विषयवस्तु हेर्दा यस महादेशका मुख्य मुद्दा जलवायु परिवर्तनका कारण उत्पन्न खाद्य संकट, भोकमरी र खडेरीजस्ता विषयले आशा गरेअनुसार प्राथमिकता नपाएको विज्ञ बताउँछन्।
यी विषयले प्राविधिकरूपमा महत्व पाए पनि राजनीतिकरूपमा कुरा उठे पनि औपचारिक अजेन्डा बन्न नसकेको सम्मेलनमा सहभागी ‘वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्’ सदस्य डा. विमलराज रेग्मीले जानकारी दिए। “विश्व खाद्य तथा कृषि सङ्गठनको पहलमा केही छलफल गरिएको छ। यद्यपि अफ्रिकी महादेशमा भइरहेको सम्मेलनमा पनि यी विषयलाई औपचारिक अजेन्डा बनाउन नसक्नु दुर्भाग्य हो”, उनले भने।
जलवायुमा देखिएका परिवर्तनशीलता जस्तैः अतिवृष्टि, अनावृष्टि, खडेरी, पहिरो र बाढीका कारण नेपालमा कृषि उत्पादन, पशुपालन र मत्स्यपालनमा १० देखि ३० प्रतिशतसम्म उत्पादनमा ह्रास आएको पाइएको छ। सम्मेलनमा सहभागी राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले जलवायु परिवर्तनका कारण खाद्य प्रणालीमा परेको संकटको विषयलाई सम्मेलनमा प्राथमिकताका साथ उठानुपर्ने बताए।
‘डिसिए’का जलवायु कार्य सल्लाहकार राजन थापाले अफ्रिकी मुलुकले यसअघि उठाए जसरी यो विषय नउठाएको बताए। सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादवले जलवायु परिवर्तनले विश्वव्यापीरूपमा नै खाद्य संकट बढाएको उल्लेख गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
