आईसीसीले आइतबार २०२७ को विश्वकप नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय भएको जनाएको छ।
काठमाडौं– नेपाल र बंगलादेशले सन् २०२७ को आईसीसी यू–१९ महिला विश्वकप संयुक्त आयोजना गर्ने भएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आइतबार २०२७ को विश्वकप नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय भएको जनाएको हो।
बोर्ड बैठकबाट २०२४ देखि २०२७ सम्म यू–१९ विश्वकप आयोजकलाई अनुमोदन गरेको आईसीसीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। २०२४ को आईसीसी यू–१९ पुरुष विश्वकप श्रीलंका तथा २०२५ को महिला विश्वकप मलेसिया र थाइल्यान्डमा संयुक्त आयोजना हुने विज्ञप्तिमा उल्लेख छ।
२०२६ को यू–१९ पुरुष विश्वकप भने जिम्बाबे र नामिबियाले संयुक्त रुपमा आयोजना गर्ने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
