नेम्वाङ निवास बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगन्ज–नारायणगोपाल चोक–धुमबाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाटसम्म शवयात्रा हुनेछ।
काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा साथ अन्त्येष्टि गरिँदैछ।
नेम्वाङ निवास बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगन्ज–नारायणगोपाल चोक–धुमबाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाटसम्म शवयात्रा हुनेछ। बिहान ११ बजे नै पशुपति आर्यघाट पुग्ने गरी शवयात्रा शुरू हुने एमाले केन्द्रीय कार्यालयले जनाएको छ।
मंगलबार बिहान हृदयघातबाट निधन भएका नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बुधबार दिउँसोसम्म एमाले केन्द्रीय कार्यालयमा राखिएको थियो। त्यसपछि बालुवाटारस्थित निजी निवासमा लगिएको थियो।
यसैबीच, नेम्वाङको सम्मानमा सरकारले बिहीबार सार्वजनिक बिदासमेत दिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेम्वाङलाई राजकीय सम्मान दिने र अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
