अहिले लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको भन्दै यसमा राष्ट्र बैंकले लिने नीतिहरूको ठूलो भूमिका रहने उनकाे भनाइ छ।
काठमाडाैँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा गरिएका सुधारको नतिजा देखिन केही समय लाग्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नवनिर्वाचित कार्यसमितिसँगको अन्तरक्रियाका क्रममा अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन्।
"पेनफुल छ, स्लो छ, तर पोजेटिभ डिरेक्सनमा छ," उनले भने, "कार्यान्वयनमा केही तगारो पनि छन्, त्यसकारण अपेक्षाअनुसार नतिजा देखिन समय लाग्छ।" आफूले इमानदारसाथ आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको भन्दै उनले सबै सरोकारवाला निकायले आफ्नो जिम्मेवारी पूरा गर्दा विद्यमान समस्याबाट माथि उठ्न समय नलाग्ने उनको भनाइ छ।
अहिले रेमिट्यान्स बढेको भए पनि पुँजीबजार तथा घरजग्गामा समेत लगानी आउन नसक्नुको कारण लगानीकर्तामा रहेको हिच्किचावट रहेको उनले बताए। विगतमा लिएका लचिला नीतिहरूका कारण अधिक र अनुत्पादक क्षेत्रमा प्रवाह भएको कर्जा अहिले समस्यामा परेको भन्दै यो अवस्था आउनुमा लिने मात्र नभएर दिनेसमेत दाेषी भएकाे उनकाे भनाइ छ।
यस्तै, उनले अर्थतन्त्र चलायमान बनाउन आत्मविश्वास बढाउन जरुरी रहेकोसमेत बताए। अहिले लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको भन्दै यसमा राष्ट्र बैंकले लिने नीतिहरूको ठूलो भूमिका रहने उनकाे भनाइ छ।
"राष्ट्र बैंकले धेरै नै माइक्रो लेबलमा कस्न खोज्दा पनि लगानीकर्ता हच्किएको अवस्था हो," उनले भने, "अर्कोतर्फ बढी नेगेटिभ प्रचारले समेत आत्मविश्वास बढाउन नसकेको हो।"
नेपालबाट प्लस टू पास गरेर ठूलो संख्यामा विद्यार्थी विदेसिनु सुखद ट्रेण्ड नभएको भन्दै युवालाई नेपालमा अवसर नै छैन भन्ने गलत भाष्य बनाइएकाे उनकाे दाबी छ।
"जुन देशमा गर्न धेरै बाँकी छ, अवसर सोही देशमा हुन्छ," उनले भने, "प्लस टू पनि नगरी विदेश जाँदैमा भविष्य उज्ज्वल हुन्छ भन्ने ग्यारेन्टी के छ र ?" नेपालमा अवसर नै छैन भन्ने भाष्य बनाएर यसरी युवा विदेशिने गरेको प्रवृत्तितर्फ इङ्गित गर्दै नेपालमा कहाँ अवसर जुटाउन सकिन्छ भनेर अनुसन्धान नै नगर्ने परिपाटी गलत भएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
