बाइडेनले राष्ट्रपतिको पदभार ग्रहण गर्नु अघिदेखि नै बाइडेनका छोरा हन्टर बाइडेनको व्यापारिक कारोबारको अनुसन्धान भइरहेकाे थियाे।
अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीले राष्ट्रपति जो बाइडेनलाई भ्रष्टाचारको आरोप लगाउँदै महाअभियोग लगाउन आह्वान गरेका छन्। जो बाइडेनलाई उनको परिवारले गर्दै आएको व्यापारमा भ्रष्टाचार भएको विषयलाई लिएर महाअभियोग लगाउन सभामुखले आग्रह गरेका हुन्।
म्याकार्थीले मंगलबार पत्रकार सम्मेलन गर्दै आफूले सदन र समितिलाई राष्ट्रपति बाइडेनमाथि औपचारिक महाअभियोग अनुसन्धान गर्न निर्देशन दिएको बताएका द गार्डियनले जनाएको छ। "हाउस रिपब्लिकनहरूले बाइडेनको संलग्नतामाथि गम्भीर र विश्वसनीय आरोप लगाएका छन्। यी आरोपले भ्रष्टाचार संस्कृतिको चित्रण गरेको छ," म्याकार्थीले अगस्टमा कांग्रेसको तल्लो सदनको रूपमा भनेका थिए। हाउस ओभरसाइट कमिटीको अनुसन्धानले बाइडेन परिवारले भ्रष्टाचार गरेको फेला परेको उनको भनाइ छ।
रिपब्लिकनहरूले सन् २०२१ मा राष्ट्रपतिको पदभार ग्रहण गर्नु अघिदेखि बाइडेनका छोरा हन्टर बाइडेनको व्यापारिक कारोबारको अनुसन्धान गरिरहेका थिए। बाइडेनले शक्तिको दुरुपयोग गरेको र भ्रष्टाचार गरेकाले सभाले थप अनुसन्धान गर्न निर्देशन दिने उनले बताए। ८० वर्षीय बाइडेन २०२४ को राष्ट्रपति पदमा निर्वाचनका लागि दौडिरहेका छन्।
राष्ट्रपति बाइडेनमाथि महाअभियोग लगाउन सभामुखले भूमिका नखेले सभामुखबाट हटाउने पार्टीका नेताहरूले धम्की दिएका छन्। ह्वाइट हाउस र डेमोक्रेटिक सांसदहरूले भने महाअभियोग राजनीतिक बदलाको रूपमा आएको बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
