सुनसहित एकजना व्यक्ति पनि पक्राउ परेका छन्। तर, उनको पहिचान भने प्रहरीले गोप्य राखेको छ।
काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोलीले एक किलो सुन बरामद गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच भएर बाहिर ल्याइएको सुन प्रहरीको विशेष टोलीले बरामद गरेको एक अधिकृतले जानकारी दिए।
सुनसहित एकजना व्यक्ति पनि पक्राउ परेका छन्। तर, उनको पहिचान भने प्रहरीले गोप्य राखेको छ। उक्त सुन विदेशबाट ल्याइएको हुन सक्ने प्रहरीको आशंका छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ। यसअघि करिब ६१ किलो सुन भन्सार जाँच भएर बाहिरिएको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो। उक्त प्रकरणको अनुसन्धान सकेर सिआईबीले प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ।
अहिले बरामद भएको एक किलो सुन त्यसैको निरन्तरता हो या के हो भन्ने विषय अनुसन्धानपछि थाहा हुने ती अधिकृतले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
