प्रदेश १ र गण्डकीमा हिमपातको सम्भावना

नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव एक हप्तादेखि कायमै छ।

काठमाडौँ– नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव एक हप्तादेखि कायमै छ।

जसका कारण देशको पहाडी भेगमा आंशिक बदली भएको छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा छ। दिउँसो प्रदेश १, बागमती र गण्डकीको पहाडी भू–भागमा आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  

प्रदेश १ को पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना छ। यस्तै प्रदेश १ र गण्डकीका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ।

राति कर्णाली र सुदुरपश्चिमका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।