मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै, सुवास नेम्वाङलाई राजकीय सम्मान दिइने

मन्त्रिपरिषद् बैठक बसेर संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई राजकीय सम्मान दिने तयारी छ।

काठमाडौँ– मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ। 

बैठक मंगलबार बिहान १०:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो।

मन्त्रिपरिषद् बैठक बसेर संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई राजकीय सम्मान दिने तयारी छ।

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको मंगलबार बिहान निधन भएको थियो। उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ।