उनले कम्युनिस्टहरू विभाजित मात्रै हुन्छन् भन्ने भाष्य बनाउन खोजिएको भन्दै कम्युनिस्टहरू आवश्यक पर्दा एकजुट हुने पनि बताए।
काठमाडाैँ– प्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समाजवादी गणतन्त्र निर्माणकाे लागि सबै कम्युनिस्टहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन्।
आइतबार मकवानपुरको हेटौंडामा आयोजित समाजवादी मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले कम्युनिस्टहरू विभाजित मात्रै हुन्छन् भन्ने भाष्य बनाउन खोजिएको भन्दै कम्युनिस्टहरू आवश्यक पर्दा एकजुट भएर साझा समस्याका विरुद्ध, साझा दुश्मनका विरुद्ध लड्न त्यत्तिकै सिपालु छन् भन्नेकुरा सावित गर्नुपर्ने बताए।
"यो गणतन्त्रलाई जनताको गणतन्त्र बनाउने ठाउँमा, समाजवादी गणतन्त्र बनाउने ठाउँमा अघि जानको लागि हामी एकजुट हुनको कुनै विकल्प छैन, कम्युनिस्टहरू विभाजित मात्रै हुन्छन् भन्ने भाष्य जो बनाउन खोजिएको छ, त्यस्ताे होइन," उनले भने, "कम्युनिस्टहरू आवश्यकता पर्दा एकजुट भएर साझा समस्याका विरुद्ध, साझा दुश्मनका विरुद्ध लड्न त्यत्तिकै सिपालु छन्, भन्ने सावित गर्ने यो अवसर छ।"
यस्तै उनले कम्युनिस्टहरू मूलधारबाट विभाजित भएर विभिन्न भंगाला हुँदै अघि बढेकाे भन्दै अब बिस्तारै फेरि एउटै मूलधारमा फर्किन अपिल गरे। कम्युनिस्ट कमजोर हुँदा विपक्षीहरूले शिर उठाउने कुचेष्टा गरिरहेको उनकाे भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
