काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार आइतबार एक जना प्रतिवादीको बहस हुने र त्यसपछि सरकारी वकिलबाट जवाफी बहस हुनेछ।
काठमाडौँ– ललिता निवासको जग्गा हिनामिना प्रकरणको थुनछेक बहस अन्तिमतिर पुगेको छ।
काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार आइतबार एक जना प्रतिवादीको बहस हुने र त्यसपछि सरकारी वकिलबाट जवाफी बहस हुनेछ।
“सरकारी वकिलको बहस आजै सकियो भने आजै थुनछेक आदेश आउँछ, नभए भोलि पुग्ला,” दाहालले भने, “कसलाई थुनामा राख्ने, कसलाई धरौटीमा छाड्ने र कसलाई साधारण तारिखमा पठाउने भन्ने अदालतको निर्णय नै थुनछेक आदेश हो।”
यसअघि शुक्रबार नै प्रहरी हिरासतमा रहेका १८ मध्ये १७ प्रतिवादीका तर्फबाट वकिलले बहस गरेका थिए। तत्कालीन समरजङ कम्पनीका कार्यालय प्रमुख लोकहरि घिमिरेका तर्फबाट बहस बाँकी थियो। आइतबार घिमिरेका तर्फबाट वकिलले बहस गरेपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ। त्यसपछि थुनछेक आदेश आउनेछ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासमा बहस चलिरहेको छ। सरकारी लिखत किर्ते अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयले उक्त मुद्दामा ३१० जनाविरुद्ध अभियोजन दर्ता गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६० दिन लगाएर संगठित अपराध कसुरमा घटनाको अनुसन्धान गरे पनि सरकारी वकिलले कार्यालयले संगठित अपराध कसुर आकर्षित नहुने भन्दै किर्तेमा मुद्दा दर्ता गरेको हो।
२०४९ देखि २०६९ सालसम्म नक्कली मोही खडा गरेर ललिता निवासको १४३ रोपनी जग्गा व्यक्तिका नाममा ल्याइएको थियो। उक्त प्रकरणमा पूर्वमन्त्री, पूर्वसचिव, बहालवाला सचिव, पूर्वकर्मचारी, नक्कली मोही, व्यावसायीलगायत विरुद्ध मुद्दा दर्ता भएको छ।
आरोपीमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यावसायी मीनबहादुर गुरुङ, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्री तथा पूर्वसचिवसमेत छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
