कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारमा जाने विषयमा कुनै छलफल नभएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको भनाइ छ।
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेश सरकारमा जाने विषय आफ्नो पार्टीको प्राथमिकतामै नभएको दाबी गरेका छन्।
शनिबार मोरङ पुगेका उनले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै कोशी प्रदेशको स्थायित्वका लागि दुई ठूला दल एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने बताए। उनले कोशीमा एमाले नेतृत्वको सरकारमा जाने विषयमा कुनै पनि छलफल नभएको दाबीसमेत गरे।
“यो विषयमा अहिले कुनै पनि छलफल नै भएको छैन,” उनले भने, “हामीले त स्थायित्व चाहिएको हो भने सकेसम्म कांग्रेस र एमाले मिलेर सरकार बनाउनु भनेका छौँ। हाम्रो त प्रदेश प्राथमिकताको विषय नै होइन।”
कुनै पनि सरकार आफ्नो प्राथमिकतामा नभएको जिकिर गरेका उनले कोशीमा अब एमाले र कांग्रेस मिल्नै नसक्ने अवस्था आएमा संविधानको रक्षार्थ मत दिने स्पष्ट पारे। तर, कोशीमा एमाले र कांग्रेस मिलेरै प्रदेश सरकारलाई स्थायित्व दिनुपर्नेमा उनको जोड थियो।
त्यस्तै, लिङ्देनले बिनाशर्त आफ्नो पार्टीले एउटा संसदीय समितिको नेतृत्व गर्ने मौका पाएको दोहोर्याए। कोशी प्रदेशको सरकारमा सहभागी गराउन सत्तापक्ष नेकपा माओवादीको भागमा परेको पूर्वाधार विकास समितिको नेतृत्व राप्रपाले पाएको बताइए पनि उनले कुनै लेनदेन नभएको दाबी गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
