कांग्रेस कार्यकर्ताले शुक्रबार बिहानैदेखि सदरमुकाममा प्रदर्शन शुरू गरेका थिए। दिउँसो प्रदर्शन अराजक बनेको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी राजन लिम्बूले जानकारी दिए।
काठमाडौँ– कोशी प्रदेशसभा सदस्य खगेनसिं हाङगामलाई प्रहरीले ज्यानमार्ने धम्की दिएको भन्दै ताप्लेजुङका कांग्रेस कार्यकर्ताले प्रदर्शन गरेका छन्। सदरमुकाम फुङलिङ बजारमा भेला भएका कांग्रेस कार्यकर्ताले जिल्ला प्रहरी कार्यालयमा ढंगामुढासमेत गरेका छन्।
बिहीबार लाखेजात्राको समयमा भएको सामान्य विवादको विषयलाई लिएर प्रहरीले आफूलाई घरमा नै आएर ज्यानमार्ने धम्की दिएको सांसद हाङगामले बताए।
“बेलुका हाम्रा साथीहरूलाई कुटपीट गरेपछि मैले नकुट्न आग्रह गरेको थिएँ। त्यसपछि प्रहरी निरीक्षक सुजन मुदेल नेतृत्वमा आएको प्रहरी टोलीले लाठी प्रहारसहित ढुंगामुढा गरे। सादा पोसाकमा आएका असई सागर रोका क्षेत्रीले पेस्तोल लोड गरी ताके,” उनले भने, “अहिले ताप्लेजुङ अशान्त बनेको छ।”
कांग्रेस कार्यकर्ता पेमा लामामाथि प्रहरीले कुटपिट गरेपछि आफूले घटनाबारे प्रहरीसँग चासो राखेको र त्यसपछि प्रहरी आफूमाथि आइलागेको उनको दाबी छ।
कांग्रेस कार्यकर्ताले शुक्रबार बिहानैदेखि सदरमुकाममा प्रदर्शन शुरू गरेका थिए। दिउँसो प्रदर्शन अराजक बनेको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी राजन लिम्बूले जानकारी दिए।
“करिब २५० जनाको समूहले लाठीसहित प्रदर्शन गरिरहेका छन्। प्रहरी कार्यालयमा ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ,” उनले उकालोसँग भने, “अहिले सर्वदलीय बैठक पनि बसिरहेको छ।”
घटनामा संलग्न प्रहरीलाई कारबाही नगरेसम्म आन्दोलन नरोकिने सांसद हाङगामको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
