लामो समयदेखि प्रतीक्षारत संघीय निजामती सेवासम्बन्धी विधेयक बिहीबारको मन्त्रिपरिषद् बैठकले संसद्मा पठाउने निर्णय गरेको थियो।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा सम्बन्धी विधेयकमा ट्रेड युनियन अधिकार कटौती नगरिएको बताएका छन्।
शुक्रवार सिंहदरबारमा २०औँ निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले विधेयकमा भइरहेको व्यवस्थालाई केही पनि परिवर्तन नगरेको उल्लेख गरे। राजनीतिक परिवर्तन र संविधानको व्यवस्थाअनुरूप नै निजामती प्रशासनमा गुणात्मक परिवर्तन आवश्यक रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो।
“लामो समयदेखि प्रतीक्षारत संघीय निजामती सेवासम्बन्धी विधेयक हिजो मात्रै मन्त्रिपरिषद् बैठकले संसद्मा पठाउने निर्णय गरेको छ। राजनीतिक दलहरूको सहमतिबाट संसद्ले उक्त विधेयक यथाशक्य छिटो पारित गर्ने विश्वास लिएको छु,” उनले भने, “ट्रेड युनियन अधिकारको कुरा उठ्यो, हामीले भइरहेको व्यवस्थालाई केही पनि परिवर्तन गरेका छैनौँ, यसमा ढुक्क हुनुस्।”
संघ, प्रदेश र स्थानीय तहबीचको प्रशासनिक अन्तरसम्बन्ध कायम गर्न, तहबीच कार्यात्मक अन्तरसम्बन्ध मजबुत बनाई प्रशासनिक संघीयतालाई संस्थागत गर्न तथा गणतन्त्रको सुदृढीकरण र कार्यान्वयनमा संघीय निजामती सेवा ऐन कोसेढुंगा साबित हुने उनको विश्वास छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
