लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनी गुरुयोजना क्षेत्रका निर्माण कार्यलाई एक महिनाभित्र सक्न निर्देशन दिएका छन्।
रुपन्देही– लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनी गुरुयोजना क्षेत्रका निर्माणलाई एक महिनाभित्र सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्।
उपाध्यक्ष लामाले विश्वका बौद्धमार्गीको आस्थाको केन्द्र लुम्बिनीको अधुरो सडकका कारण सास्ती पाएकाले हेलचेक्र्याइँ नगर्न निर्माण कम्पनीलाई सचेत गराए। लुम्बिनी गुरुयोजना क्षेत्रका निर्माणाधीन सडक, पार्किङ, गेट एवं विद्युत् पोल र स्ट्रिट लाइटको आज निरीक्षण एवं अनुगमनपछि उपाध्यक्ष डा लामाले एक महिनाभित्र काम सम्पन्न गर्न निर्देशन दिएका हुन्।
लुम्बिनी गुरुयोजनाअन्तर्गत दुई वर्षअघि ४४ किमि ड्रेन, १३ किमि सडक कालोपत्रे, १२ किमि सडक ब्लक, आठ वटा गेट र दुई हजार दुई सय पोललगायतका स्ट्रिट लाइट निर्माणका लागि छुट्टाछुट्टै चार निर्माण व्यवसायीले निर्माण सम्झौता गरी काम गरिरहेका छन्। तर, सम्झौताको म्याद सकिनै लाग्दासमेत निर्माण कार्य आधा पनि हुन नसकेपछि उपाध्यक्ष लामाले बुधबार अनुगमन गरेका थिए।
उपाध्यक्ष लामासहित स्थलगत अनुगमनमा सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, कार्यकारिणी सदस्य नेत्र शाही, परिषद् सदस्य गोपिकृष्ण शर्मासहितको टोली गएको थियो। निर्माण व्यवसायीसँग पहिलो चरणको ठेक्का सम्झौता सकिनै लाग्दा पनि कामको गति नबढेकाले एक महिनाभित्र भौतिक प्रगति बढाउनुपर्ने र बाहनाबाजी गरेमा म्याद थप नगर्ने उपाध्यक्षले लामाले चेतावनी दिए।
निर्माण कम्पनीले तोकिएको समयमा काम नगरेको पाइएकाले कोषले सचेत गराएको सदस्य सचिव सानुराजा शाक्यकाे भनाइ छ। त्यस्तै योजना प्रमुख सरोज भट्टराईले कोषले यसअघि पनि पटकपटक सचेत गराएको र अहिले उपाध्यक्षले एक महिनाभित्र भौतिक प्रगति हासिल गर्ने गरी काम गर्न निर्माण व्यवसायीलाई निर्देशन भएकाे बताए। कोषका अनुसार चार वटा निर्माण व्यवसायीमध्ये दुई वटाले ५० देखि ५५ प्रतिशत र दुई वटाको २८ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको छ।
लुम्बिनी विकास कोषले गुरुयोजनाअन्तर्गतका विभिन्न कामका लागि लुम्बिनी अनक खड्का कृष्ण जेभी, लामा एपेक्स कमलजित जेभी, रमन गजुरमुखी रामजानकी जेभी र खानी अर्घाखाँची बाबुल जेभीसँग अलग–अलग ठेक्का सम्झौता गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
