यतिखेर रुसलाई हतियार तथा सेनाकाे आवश्यकता छ भने उत्तर काेरियालाई पैसा र खाद्यान्नकाे। त्यसैले हतियार सहयाेग र केही सम्झाैता गर्न किम पुटिनलाई भेट्न गइरहेका हुन्।
रुसका राष्ट्रपति भलादमिर पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच भेटघाट हुने भएको छ।
युक्रेनसँगको युद्धमा पुटिनलाई सघाउन र हतियार बिक्रीको विषयमा छलफल गर्न किम चाँडै रुस जान लागेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन्। दुई नेताबीचको भेट रुसको पूर्वी तटमास्थित शहर भ्लादिभोस्टोकमा हुनसक्ने र किम आफ्ने बख्तरबन्द रेलमार्फत रुस जानसक्ने न्यूयोर्क टाइम्सले जनाएको छ।
यो भन्दा पहिले अमेरिकी अधिकारीहरूले दुई देशका नेताबीच हतियारको विषयलाई लिएर कुराकानी अगाडि बढीरहेको जनाएका थिए। अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जाँन किर्बीले रुसका रक्षामन्त्री सर्गेइ शोइगुले गएकाे जुलाईमा उत्तर कोरियाको यात्राका दाैरान हतियार बेच्ने विषयमा सहमति गराउने प्रयास गरेकाे बताएका थिए।
यतिखेर रुसलाई हतियार तथा सेनाकाे आवश्यकता छ भने उत्तर काेरियालाई पैसा र खाद्यान्नकाे। त्यसैले हतियार सहयाेग र केही सम्झाैता गर्न किम पुटिनलाई भेट्न गइरहेका हुन्। अहिले हतियारकाे सहयाेग गरेर काेरियाले भविष्यमा आफ्ना आणविक हतियारकाे लागि आवश्यक पर्ने ज्ञान तथा हतियार रुसबाट सहयाेग लिन सक्ने बताइएकाे छ।
यो भन्दा अगाडि किमले सन् २०१९ को अप्रिलमा रुसको भ्रमण गरेका थिए। त्यतिबेला पनि उनी आफ्नो बख्तरबन्द रेलमार्फत नै आएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
