ताप्लेजुङमा अटो दुर्घटना : दुई जनाको मृत्यु

फुङलिङ–८ मा भएकाे दुर्घटनामा ७४ वर्षीय धनबहादुर गुरुङ र उनका नाती ८ वर्षीय इसान गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। 

काठमाडौँ– ताप्लेजुङको फुङलिङ नगरपालिका–८ बेजम्बुमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा ७४ वर्षिय धनबहादुर गुरुङ र उनका नाती ८ वर्षिय इसान गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। प्रहरीका अनुसार शनिबार बिहान सदरमुकाम फुङलिङतर्फ आइरहेको अटो सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो।

चालक वीजय राई गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको वडाध्यक्ष क्षितिज सुनुवारले जानकारी दिए।