आजकाे मौसमः पहाडी भेगमा आंशिक बदली हुने

दिउँसो प्रदेश १, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी  भेगमा आंशिक बदली रहरनेछ।

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। दिउँसो प्रदेश १, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी  भेगमा आंशिक बदली रहरनेछ।

बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यस्तै प्रदेश १, बागमती तथा गण्डकीका पहाडी भू–भागको केही ठाउँमा हल्का वर्षा र हिमपातको पनि संभावना छ।

आज राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भू–भागमा आंशिक बदली रहने विभागको अनुमान छ।