आईसीसी महिला टी–२० विश्वकप छनोट: कतारले नेपाललाई दियो ७५ रनको लक्ष्य

नेपालकी इन्दू बर्माले ३ विकेट तथा पूजा महतो र कविता जोशीले एक/एक विकेट लिए।

काठमाडौँ– मलेसियामा जारी आईसीसी महिला टी–२० विश्वकप एशिया क्षेत्र छनोटमा कतारले नेपालसामु ७५ रनकाे लक्ष पेस गरेकाे छ। 

मलेसियाको बाङ्गीस्थित यूकेएम वाईएसडी क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रन बनायो। कतारका लागि साची धदवालले सर्वाधिक २१ रन बनाउँदा ओपनर एलिना खानले १५ र कप्तान आयशाले १० रन जोडिन्। एन्जेलाइन मारे १४ रनमा अविजित रहिन्।

नेपालकी इन्दू बर्माले ३ विकेट लिइन्। यस्तै, पूजा महतो र कविता जोशीले एक/एक विकेट लिए। अहिले नेपालले ब्याटिङ गर्दैछ।