एशिया कपमा पहिलाेपटक सहभागी भएकाे नेपालले १४ पटक सहभागिता जनाइसकेकाे भारतसँग खेल्न गइरहेकाे छ।
काठमाडाैँ– एशिया कपकाे आजकाे खेलमा नेपाल भारतसँग खेल्न गइरहेकाे छ। यदि पानी परेन भने श्रीलंककाकाे केन्डीस्थित पाल्लेकेले रंगशालामा दिउँसाे सवा तीन बजेदेखि खेल हुनेछ।
एशिया कपमा पहिलाेपटक सहभागी भएकाे नेपालले १४ पटक सहभागिता जनाइसकेकाे भारतसँग खेल्न गइरहेकाे छ। आइसीसीको पछिल्लो एकदिवसीय वरीयतामा भारत तेस्रो स्थानमा छ भने नेपाल १५औँ वरीयतामा रहेको छ। पहिलाे स्थानमा पाकिस्तान छ।
गएकाे बुधबार पाकिस्तानकाे मुल्तानमा भएकाे उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो। यस्तै शनिबार भारत र पाकिस्तानको खेल वर्षाका कारण रद्द भएको थियो।
दुई समूहमा विभाजन गरिएको प्रतियोगिताको समूह ‘ए’मा नेपाल, भारत र पाकिस्तान तथा समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्। समूह 'ए'मा पाकिस्तान शिर्ष स्थानमा छ भने भारत दोस्रो स्थानमा र नेपाल तेस्रो स्थानमा छ। पाकिस्तान सुपर फोरमा पुगिसकेको छ।
भारतको एक खेलमा एक अङ्क छ। एक खेल खेलेको नेपाल अङ्कविहीन छ ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
