आईसीसी महिला टी–२० विश्वकप छनोट: भुटानले नेपाललाई दियो ४० रनको लक्ष्य

नेपालकी तीव्र गतिकी बलर पुजा महतोले ३ विकेट लिइन्। कप्तान रुविना क्षेत्री, खुशी डंगोल र कविता कुँवरले समान १/१ विकेट लिए।

काठमाडौँ– मलेसियामा जारी आईसीसी महिला टी–२० विश्वकप एशिया क्षेत्र छनोटमा भुटानले नेपालसामु ४० रनको लक्ष्य प्रस्तुत गरेको छ। 

बांगीस्थित यूकेएम–वाईएसडी ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रन बनायो।

भुटानकी कप्तान डेचेन वांग्मोले ४४ बलमा १ चौकासहित सर्वाधिक २१ रन बनाइन्। छिरिङ जाङ्‌मोले ६ तथा सोनाम छोदेनले ३ रन जोडे। 

नेपालकी तीव्र गतिकी बलर पुजा महतोले ३ विकेट लिइन्।

कप्तान रुविना क्षेत्री, खुशी डंगोल र कविता कुँवरले समान १/१ विकेट लिए।