पाकिस्तानले जितको लागि २६७ रनको लक्ष्य पाएको थियो। तर, दोस्रो इनिङमा वर्षाको कारण ब्याटिङ गर्न पाएन।
काठमाडौँ– एशिया कपअन्तर्गत पाकिस्तान र भारतबीचको खेल रद्द भएको छ।
वर्षा नरोकिएका कारण दोस्रो इनिङ हुन नसकेपछि खेल रद्द भएको हो। श्रीलंकास्थित पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा शनिबार राति खेल रद्द भएसँगै दुबै टोलीले १/१ अंक बाँडेका छन्।
पाकिस्तानले पहिलो खेलमा नेपाललाई २३८ रनले हराएको थियो। यससँगै पाकिस्तानले समूह ‘ए’मा तीन अंकका साथ ‘सुपर फोर’मा स्थान बनाएको छ।
पाकिस्तानले जितको लागि २६७ रनको लक्ष्य पाएको थियो। तर, दोस्रो इनिङमा वर्षाको कारण ब्याटिङ गर्न पाएन।
अब उक्त समूहको तेस्रो खेलमा सोमबार नेपाल र भारत भिड्ने छन्। उक्त खेलको विजेता टोलीले ‘सुपर फोर’मा स्थान बनाउनेछ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारत ४८.५ ओभरमा २६६ रन बनाउँदै आलआउट भएको थियो।
भारतका हार्दिक पान्ड्याले सर्वाधिक ८७ रनको योगदान दिएका थिए। उनले ९० बलमा ७ चौका र १ छक्का प्रहार गरे। ईशान किशनले ८१ बलमा ९ चौका र २ छक्कासहित ८२ रन बताए।
कप्तान रोहित शर्मा ११ र विराट कोहली चार रनमा बोल्ड आउट भए। पाकिस्तानका शाहिन शाह अफ्रिदीले ४ तथा हरिस रउफ र नसिम शाहले समान ३/३ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
