मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा १ जनाको मृत्यु

काठमाडौँको सोह्रखुट्टेस्थित कालधारामा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ।

काठमाडौँ– काठमाडौँको सोह्रखुट्टेस्थित कालधारामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

काठमाडौँ महानगरपालिका–१६, कालधारा चोकस्थित सडकमा बिहीबार बागमती प्रदेश ०२–०३३ प ३३९७ नम्बरको मोटरसाइकल र बा ४१ प ६७९ नम्बरको स्कुटर एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार धादिङका १८ वर्षीय सजन रेग्मीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका रेग्मीलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याइएको थियो। त्यहाँ उनको मृत्यु भएको हो। प्रहरीले मोटरसाइकल चालक र स्कुटर चालक दुवैलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।