काठमाडौँ महानगरले सबैभन्दा बढी आन्तरिक राजस्व घरबहाल करबाट उठाएको छ। गएको आर्थिक वर्ष बहाल कर २ अर्ब ५६ करोड रुपैयाँ उठेको छ।
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा १० अर्ब २५ करोड ४१ लाख रुपैयाँ राजस्व उठाएको छ। महानगरले गत आर्थिक वर्ष १० अर्ब ४१ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको थियो।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष आन्तरिक राजस्व लक्ष्यअनुसार नै उठे पनि काठमाडौँ महानगरले संघ तथा प्रदेश सरकारबाट बाँडफाँट र अनुदानबाट आउने रकम कमी आउँदा समग्र राजस्व भने घटेको छ। अनुदान रकम कम भए पनि पछिल्लो आर्थिक वर्षको तुलनामा आन्तरिक आम्दानी एक अर्ब ३६ करोड रुपैयाँ बढी असुल भएको महानगर राजस्व विभागका प्रमुख धुव्र काफ्लेले जानकारी दिए।
काफ्लेका अनुसार महानगरले आन्तरिक आम्दानी लक्ष्यभन्दा ५७ करोड बढी असुल गरेको हो। जसमा सबैभन्दा बढी बहाल कर २ अर्ब ५६ करोड रुपैयाँ असुल भएको छ। त्यस्तै, सम्पत्त करमा रु एक अर्ब आठ करोड, व्यवसाय करमा पनि ५८ करोड असुल भएको विभागका प्रमुख काफ्लेले बताउनुभयो । त्यस्तै नक्शापास दस्तुरबाट रु १० करोड ११ लाख भन्दा बढी राजस्व उठेको छ । स्रोतसाधनको हिसाबले सबैभन्दा बलियो कामपाले अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले बढी आन्तरिक राजस्व उठाएको हो ।
आर्थिक वर्ष २०७८/०७९ मा जम्मा रु चार अर्ब ४६ करोड आन्तरिक राजस्व उठाउन सफल भएको कामपाले आर्थिक वर्ष २०७९/०८० मा रु पाँच अर्ब ८२ करोड राजस्व उठाउन सफल छ ।
कामपाले सम्पत्ति, घरजग्गा, बहाल, व्यवसाय मनोरञ्जनलगायत विभिन्न ३६ शीर्षकमा राजस्व असुल गर्दै आएको छ। अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा मूल्य अभिवृद्धि कर तथा आन्तरिक अन्तः शुल्कबाट उठेको रकममध्ये ७० प्रतिशत केन्द्र सरकारलाई र १५/१५ प्रतिशत प्रदेश तथा स्थानीय तहलाई बाँडफाँट हुने व्यवस्था छ।
गत आर्थिक वर्षमा बाँडफाँटबाट कामपाले १ अर्ब ८५ करोड पाएको छ। राजस्व विभाग प्रमुख काफ्लेले भने,“अघिल्लो वर्षको तुलनामा राजस्व १ अर्ब ६८ करोड ९४ लाखले कमी हो। अघिल्लो वर्ष करिब तीन अर्ब ५५ करोड रुपैयाँ प्राप्त गरेको थियो।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
