शनिबारे भेटघाटमा हुने बहस र मेरा विद्यमान मान्यताबीच आनको तान फरक परे। मेरो परम्परागत पहाडे राष्ट्रवादको जब्बर बुझाइलाई त्यहाँका बहसले ठाडै चुनौती दिए। कहिलेकाहीँ आफैलाई थुम्थुम्याउनु पर्यो।
मेरो मन एकतमासको भयो। के गर्ने-गर्ने? एकछिन गमेपछि पुन: सोही नम्बरमा फोन घुमाएँ। उताबाट विस्तारले जवाफ पाएँ। श्रीमती चुच्चेपाटीमा दुर्घटनामा परेकी रहिछन्। फोन गर्ने ट्राफिक प्रहरी रहेछन्।