पुच्छार घरमा पाकेको परिकारको बास्ना सिरान घरले थाहा पाउँथ्यो। अनि पो दशैँ आउँथ्यो। केटाकेटीको कोकोहोलो हुन्थ्यो अनि पो पूरै गाउँ रमाउँथ्यो।
कविताका, कवितामा महिला मुक्ति, पीडा र समस्याको उठान चिच्याहटबाट गरिएको छैन। तर पनि पाठकले सहजै दमन र सकसको आहट महसुस गर्न सक्छन्।
अलग राज्य 'गोर्खाल्यान्ड' भनेर जसवन्त सिंह, इन्द्रजीत खुल्लरहरू सांसदको उम्मेदवार भएर दार्जिलिङ आए। भोट पनि पाए। त्यसपछि जनताले न गोर्खाल्यान्ड देख्न पाए, न त सांसदलाई भेट्न नै।
बाघको हिंस्रकपनसँगै रहरलाग्दो प्रेम छ जारमा। प्रेम रहरलाग्दो हुन्छ र उत्तिकै डरलाग्दो पनि। आफैले पाता काटिदिएर ठूली रुद्रमानलाई सोध्छे, “घाउ कस्तो छ?” प्रश्नले यस्तो लाग्छ– घाउ माया हो। माया घाउ हो।
बसिरहेका एक जोडी उठ्ने भए। अनि हामी त्यसैमा गएर बस्यौँ। मान्छे अरूलाई बसाउनभन्दा उठाउन चाहन्छ। मान्छे सामाजिक प्राणीभन्दा राजनीतिक प्राणी धेर हो कि!
छुदेन काविमो यसपालि दार्जिलिङ पहाडका होइन, उत्तर बंगालको डुवर्सतिरका चियाबारी डुलेका छन्। जहाँ ७० प्रतिशतभन्दा अधिक जनसंख्या चिया श्रमिक छन्। उनी त्यतै भुलेका छन् र कथा टिप्दै उरमालमा हुलेका छन्।
यस किताबमा प्रयुक्त ‘लाटी’ नितान्त पिरतीको लाटी हो, जो एकदमै पियारी र सोझी छ। माया गरेर भनिने शब्दको अर्थमा यहाँ लाटीको प्रयोग भएको छ।
यस किताबमा प्रयुक्त 'लाटी' भने नितान्त पिरतीको 'लाटी' हो, जो एकदमै पियारी छ र सोझी छ। माया गरेर भनिने शब्दको अर्थमा 'लाटी'मा शब्दको प्रयोग भएको छ।
‘मुद्दा न सुद्दा, यसैउसै हुद्दा’मा हुर्रिने हाइसन्चो छ पहाडका जनतालाई। गोर्खाल्यान्ड राज्य गठनको मुद्दा यति बेला विकासतिर मोडिएको छ। यता केही पार्टीलाई दिल्ली प्यारो लाग्छ भने केहीलाई कोलकत्ता।
थोरै फिल्मले यस्तो सौभाग्य पाउँछन्, जहाँ मिडियाबाजीले नभएर दर्शकले दर्शक ल्याउँछन्–पठाउँछन्। फिल्म–कथाको तुनाइबुनाइले नै यस्तो सम्भव भएको हो।