बिहारमा तटबन्धको अर्थराजनीतिले सरकारी संयन्त्र, नेता र ठेकेदारका लागि स्थायी अर्थोपार्जनको आधार तय गर्छ। बाढीसँग जोडिएका समस्याले एउटा मजबुत ‘आपदाजीवि’ वर्गको सिर्जना गरेको छ।
बाढीसँगै लिएर आएको माटो तटबन्ध निर्माणका कारण ठूलो भूभागमा फैलाउन नसक्दा नदी बिस्तारै भरिन थाल्छ। जसका कारण नदीको जलयात्रा क्षमता घट्दै गएको छ।