कृषिका लागि पशुधनको सुरक्षाको आवश्यकता थियो, त्यसैले नै यसमा बन्धन लगाइएको देखिन्छ। यसै परिप्रेक्ष्यमा नै बुद्धको विचारमा अहिंसाले महत्त्वपूर्ण स्थान प्राप्त गरेको कुरालाई बुझ्न सकिन्छ।
यज्ञ र पशु बलीसम्बन्धी विभिन्न विधानका कारण वैदिक धार्मिक विचारधारा फलामको हलोको प्रयोगद्वारा सम्पन्न हुने कृषि अनुकूल भएन।
नेपाली समाजमा कुलीनहरूको समूह अत्यन्तै सानो छ। झन् ७०/८० वर्षअघि स्रोत साधनमा कति सानो समूहको रजगज चल्थ्यो होला भन्ने अनुमान लगाउन सकिन्छ।
विश्वविद्यालयहरूमा प्राध्यापकको मूल मान्यताभन्दा भिन्न प्रश्नहरू गर्न मनाही छ। बजारभन्दा पर वस्तु उत्पादन गर्ने ठाउँ अर्थात् कार्यस्थल, समाजको गरिबी, आयको असमानता आदिबारे प्रश्न गर्न पाइँदैन।